काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।
आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ। आइटम गीत ‘टिमिक्कै चोली’ मा मोडल अलिशा शर्माले नृत्य गरेकी छन्।
नबिन भट्टको डेब्यु निर्देशन रहेको चलचित्रको गत साता शीर्ष गीत सार्वजनिक गरिएको थियो । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij