२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

प्रचण्डको आह्वानमा बानेश्वरमा विपक्षी दलका शीर्ष नेताहरुको बैठक

प्रचण्डको आह्वानमा बानेश्वरमा विपक्षी दलका शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । संसद भवन नयाँबानेश्वरमा विपक्षी दलहरूको बैठक संसद भवन नयाँ बानेश्वरस्थित विपक्षी दलहरुको बैठक बसिरहेको हो ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, लोसपा र आम जनता पार्टीका नेताहरु सहभागी भएका छन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन् ।

बैठक समसामाजिक राजनीतिक विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij