२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको रविको जिकिर

सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको रविको जिकिर

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न सरकारले दशैं कुरेको जस्तो आफूले महसुस गरेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले मानिसहरू चाडपर्व मनाइरहेका बेला पक्राउ गर्दा विरोध नहुने बुझेर सरकारले दशैं कुरेको जस्तो आफूलाई लागिरहेको बताएका हुन् ।

लामिछानेले सरकारले अन्याय गर्न खोजे अलर्ट रहन कार्यकर्ताहरूलाई आह्वान गरे । उनले भने, ‘हिजो पनि अन्याय हुँदा सघाउनु भयो आज पनि अन्याय गर्न खोज्यो भने अलर्ट रहनुहोला। आज पनि अन्याय गर्यो भने दसैं, तिहार छठ जे भएपनि अन्यायका विरूद्धमा उभिनुहोला ।’

उनले आफ्नो पक्षमा नभई न्यायको पक्षमा उभिन पनि आग्रह गरे । उनले मिडियाले आफूलाई अनावश्यक रूपमा खेदिरहेको गुनासोसमेत गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा आफू निर्दाेष रहेको जिकिर गरेका छन् । उनले गोर्खा मिडियामा आफ्नो कार्यकालमा आएको रकमको अपचलनबारे कानुनबमोजिम जिम्मेवारी लिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij