२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्नेमाथि कारबाही हुन्छः अध्यक्ष नेपाल

चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्नेमाथि कारबाही हुन्छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन । आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ । जनताको विश्वास जित्छ, संगठन बनाउँछ । संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ ।’

उनले कतिपय पार्टीकानेता–कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । पार्टी–पङ्क्तिमा निराशा पैदा नगर्नुस् । जे पायो त्यही नलेख्नुस् । आफ्नो ठाउँमा बस्नुस् । धेरै रिस उठ्यो भने घरमा जानुस्, सिरक ओढेर सुत्नुस् । तर, पार्टीप्रति त्यसरी निराशा पैदा नगर्नुस् ।’

उनले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्ने निराशा पैदा गर्ने सबैलाई कारबाही हुने समेत बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij