२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा छोरीको विवाहका लागि अभिभावकको चिन्ता, उमेर ३० पुगेपछि छोरीको विवाहका लागि हुने समस्या, प्रेम, धोका, छलकपट तथा स्वतन्त्र विचार र निर्णय देख्न सकिन्छ ।

चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । चलचित्र असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij