२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रभु बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

प्रभु बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजिएम नबराज कोइराला  र प्रभु बैंकका तर्फबाट  सिबिओ रेनुप्रसाद पान्डे ले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई बैंकले गाडीको मूल्यको ८० प्रतिशत  सम्म कर्जा उपलब्ध गराउने छ ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपियाँ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै  लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल जीएसईभी  प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३०  किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटरसम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपियाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप ३१ बर्ष पुरानो ब्यापारिक घरना हो ।

यो कार खरिद गर्ने ग्राहकलाई  नेपाल भरी उपलब्ध गराउने सुबिधा छ ।  काठमाडौंको नक्साल, भैसेपाटी,  भक्तपुरमा आधिकारिक शोरु बाट बिक्री भैरहेको छ । नेपाल भरी रहेको ५१ भन्दा बढि  नेपाल बिधुत प्राधिकरण को चार्जिङ्ग स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ । यो इन्डोनेसियाबाट आयात गरेको बलियो सिटि कार हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij