२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

काठमाडौंमा चिनियाँ राजदूतविरुद्ध प्रदर्शन (भिडियोसहित)

काठमाडौंमा चिनियाँ राजदूतविरुद्ध प्रदर्शन (भिडियोसहित)

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत छन् सोङको अभिव्यक्तिको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

बालुवाटारस्थित चिनियाँ दूतावास भवन अगाडि विरोध भएको हो । स्वतन्त्र नागरिक समाजको व्यानरमा भएको प्रदर्शनमा बुद्धिजीवी, कानुन व्यवसायी, युवालगायतको उपस्थिति थियो ।

विरोध प्रदर्शन सुरु हुने वित्तिकै प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीहरुले नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गरेका थिए ।

उनीहरुले राजदूतले सार्वभौम मुलुक नेपालको अस्तित्वमा प्रश्न उठाएको भन्दै राजदूतलाई सरकारले स्पष्टिकरण सोध्नुपर्ने माग गरेका थिए ।

आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि सांसदहरुले चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध जनाएका थिए भने संसदमा पनि विरोध भएको छ ।

चिनियाँ राजदूतले नेपाल भारतसम्बन्धमाथि प्रश्न उठाएका थिए । उनले भारतसँगको निरन्तर व्यापार घाटा व्यहोरिरहेको भन्दै चीनसँग नेपालले सम्बन्ध विस्तार गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

चिनियाँ राजदूतको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij