२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

‘छक्कापञ्जा ५’ को ‘बिहे भाको छैन’

‘छक्कापञ्जा ५’ को ‘बिहे भाको छैन’

काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश गीत ‘बिहे भाको छैन’सार्वजनिक गरिएको हो ।

दीपकराज गिरीसहित दीपक शर्माको शब्द रहेको गीतमा बेनिशा पौडेल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । शर्माकै संगीत रहेको गीत डान्सिङ प्याटनमा तयार पारिएको छ।

गीतको भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ । आमा सरस्वती मुभिज र आईएमइको ब्यानरको बनेको फिल्मको कथा,पटकथा र संवाद दीपकले नै लेखेका हुन् । फिल्मको कार्यकारी निर्माता केदारसहित निर्मल शर्मा हुन् । दीपाश्री निरौला निर्देशित यो फिल्म दसैँ फूलपातीको अवसरमा असोज २४ गते रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij