२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु, चारजनाको जीवितै उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु, चारजनाको जीवितै उद्धार

 

बलेवा (बागलुङ) । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।

मंगलबार बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर  पुरिँदा पाँच जनाको मृत्यु भएको हो । मंगलबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पहिरोमा पुरिएका  चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij