२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

२३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन मंगलबारका लागि प्रतितोला एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार सात सय २५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij