२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा राख्दिनँः प्रधानमन्त्री

स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा राख्दिनँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले पार्टी केन्द्रीय कार्यालय मनोहरा खोलामा आएको बाढीको डुबानमा परेकाले सचिवालय बैठक अन्यत्र राख्नु परेको बताएका छन् ।  नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । आजको बैठक होटल बसेरामा बोलाइएको छ ।

प्रधानमन्त्रीले भनेका छन्, ‘शुभ बिहानी ! सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij