२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन नगरी ‘नालायक’ घोषणा गर्न राप्रपा सांसद कार्कीको माग

प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन नगरी ‘नालायक’ घोषणा गर्न राप्रपा सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ विशेष समितिलाई आग्रह गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानलाई अनुमोदन नगर्न समितिलाई आग्रह गरेकी हुन् ।

उनले प्रधानलाई ‘नालायक’को संज्ञा दिइन् । उनले संसदीय समितिमा प्रधानमाथि यौन शोषणको उजुरी परेकाले प्रधानलाई नियुक्त गरिएको खण्डमा ५१ प्रतिशत महिला र संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुने बताइन् ।

उनले भनिन्, ‘प्रधानमाथि यौन शोषणको आरोप छ । मिलापत्र पछि प्रधानले पटक-पटक गरी महिलालाई एक करोड तिरेको रसिद पनि छ । यस्तो व्यत्तिलाई यदि आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ।’

उनले संसदीय समितिलाई प्रधानलाई अनुपयुक्त र नालायक ठहर गर्न आग्रह गरेकी छन् । प्रधानकाबारेमा निर्णय गर्न आज बिहान बोलाइएको समितिको बैठक बेलुका पाँच बजेका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij