२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

धरानका मेयर हर्कले आरनमा काम गर्ने शिल्पकारलाई छलफलका लागि बोलाए

धरानका मेयर हर्कले आरनमा काम गर्ने शिल्पकारलाई छलफलका लागि बोलाए

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आरनमा काम गर्ने शिल्पकारहरूलाई छलफलका लागि बोलाएका छन् ।

मंगलबार दिउँसो २ बजे छलफल गर्नेगरी राईले उनीहरूलाई आफ्नो कार्यालयमा बोलाएका हुन् ।

राईले सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै आरानमा काम गर्ने सिल्पकारहरूको समस्याबारे छलफल गर्न उनीहरूलाई बोलाएको जनाएका छन् । उनीहरूले कुनै समस्या झेलेको भए त्यसको समाधान खोजिने उनको भनाइ छ ।

‘आज २०८०–५–१२ गते २ बजे आरनमा काम गर्ने सिल्पकारहरु नगरपालिका आउनु होला । तपाईंहरूका समस्याबारे छलफल गरौं । सहयोग समाधानको उपाय खोजौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

श्रम अभियानका कारण चर्चामा रहेका राई सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई दिने प्रतिक्रियाका कारण पछिल्लो समय विवादमा तानिँदै गएका छन् । खासगरी धर्म र सम्प्रदायबारे उनले दिइरहेका अभिव्यक्तिको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij