२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

अबिरल वर्षापछि सुर्खेतमा घर भत्किँदा एक किशोरी घाइते

अबिरल वर्षापछि सुर्खेतमा घर भत्किँदा एक किशोरी घाइते

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा वर्षाका कारण घर भत्किँदा एक किशोरी घाइते भएकी छन् । वर्षाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ करेखोलामा खम्म बुढाको कच्ची घर भत्किँदा उनकी १५ वर्षकी छोरी सुशीला बुढा घाइते भएकी छन् ।

घर भत्किएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई उनको सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij