२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो । एनआरटीले चार खेलबाट नौ अङ्क जोडेको छ । समान अङ्क भए पनि मनाङ मर्याङ्दी क्लब गोल सङ्ख्याका आधारमा शीर्ष स्थानमा छ ।

एपिएफको भने यो पहिलो हार हो । यो टोलीले चार खेलमा दुई जित, एक बराबरी र एक हारसहित सात अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको चौथो स्थानमा छ । एनआरटीको जितमा सन्तोष गोम्बाले गरेको एक गोल नै निर्णायक सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij