२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सहकारी समस्याका सम्बन्धमा संसदीय छानबिन समिमितद्वारा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

सहकारी समस्याका सम्बन्धमा संसदीय छानबिन समिमितद्वारा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेको छ ।

समितिले सोमबार मन्त्रालयका सचिव मुकुन्द निरौलालगायत समूह, नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीम ढुङ्गानालगायतका प्रतिनिधि, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेलगायतसँग छलफल गरेको छ । बैठकमा देशभरका सबै पालिकासँग सहकारीसम्बन्धी विवरण भराउने विषयमा छलफल भएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

देशभरका सात सय ५३ स्थानीय तहले हेर्ने सहकारी २४ हजार रहेको र ती सहकारीमा समस्या नरहेको कुरा आजको छलफलबाट जानकारीमा आएको सभापति थापाले बताए । सहकारी ऐनअनुसार बन्नुपर्ने कर्जा सूचना केन्द्र, कर असुली न्यायाधीकरणलगायत संरचना नबनाउँदा सहकारीमा समस्या आएको छलफलमा सहभागीले विचार व्यक्त गरेको उनले सुनाए ।

सहकारीसम्बन्धी राम्रो ज्ञान नभएका मानिसहरू मिले बनाइएका सहकारीमा समस्या देखिएका र सहकारी शिक्षा तथा चेतना भएका ठाउँमा सहकारीका नाममा ठगी नभएको तथ्य पनि बैठकमा प्रस्तुत भएको थियो ।

बचत तथा ऋण सहकारी संस्था बढी भएर समस्या आउन थालेकाले उत्पादनमूलक सहकारी बढाउनुपर्नेमा पनि बैठकका सहभागीले जोड दिएका समेत सभापति थापाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij