२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

कर्णाली । नेकपा माओवादी केन्द्र कर्णाली सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका चार मन्त्रीले राजीनामा दिएका हुन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् ।

राजीनामा पछि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij