२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवारः अध्यक्ष लिङ्देन

मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवारः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्ष लिङ्देनले मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको उल्लेख गर्दै उनले ठूला दल यसतर्फ गम्भीर नहुँदा समस्या आएको बताए । अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरुमा आफ्नो सहमति नभएको बताए ।

पछिल्लो राजनीतिक अवस्थाका कारण जनतामा दल र नेताप्रति सकारात्मक नभएको उनले तर्क गरे । लिङ्देनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्रै मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने आवश्यकता औँल्याए । उनले आफ्नो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij