काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिरहेको बताएका छन्। आइतबार धरान पुगेका कोइरालाले सामाजिक सद्भाव बिथोल्न खोजिएको भन्दै सचेत हुन सकैलाई आग्रह गरे।
‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सदभाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापी स्विकार्न सक्दैनौँ’ उनले भने।
धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति नगर्न अनुरोध गरे।
उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीमा आग्रह समेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडिएको कोइरालाले प्रष्ट पारे।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान -२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशै भरि जाने खतरा रहेको पनि बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij