२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’

 

काठमाडौँ ।  शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिनुका साथै चलचित्रले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको थियो ।

सन् २००१ देखि म्युजिक भिडियो र वृत्तचित्र सम्पादन एवं निर्देशन गर्दै आएका निर्देशक कोइरालाको ‘मोदीबेनी’ पहिलो चलचित्र निर्देशन हो । निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ रहेको उक्त चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा छन् ।

निर्देशक कोइरालाले चलचित्रमा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए ।
एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको उक्त गीतको सङ्गीत गायक एसडीले गरेका छन् । राम अविरल विष्टले शब्द रचना गर्नुभएको छ भने सङ्गीत निर्मातामा रिकेश गुरुङ छन् ।

किरण थापाले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री शिवाकोटी र अभिनेता श्रेष्ठको कलात्मक अभिनय हेर्न सकिन्छ । गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन् । अभिनेता श्रेष्ठको अभिनयमा यो पहिलो अनुभव हो ।

“कलासहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनीमार्फत सुरु गरेको छु”, अमरले भने, “आमदर्शकको चाहना अनुसारको अनिनयसहित कथा प्रस्तुत गरेका छौँ ।”

अभिनेत्री शिवाकोटीले चलचित्र हेरिरहँदा आमदर्शकलाई मनोरञ्जनसँगै नयाँ विषयमा ज्ञान दिने भन्दै चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन् ।

चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij