२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

चिकित्सकले ५० हजारमा नवजात शिशु बेचेको पुष्टि, अस्पतालबाट हराएका बच्चाको उद्धार

चिकित्सकले ५० हजारमा नवजात शिशु बेचेको पुष्टि, अस्पतालबाट हराएका बच्चाको उद्धार

विराटनगर : विराटनगरमा अस्पतालबाट बेपत्ता भएका नवजात शिशुको उद्धार भएको छ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएका शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका-२ बाट उद्धार गरेको हो ।

प्रहरीका अनुसार अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्णले नवजात शिशु बेचेको अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रहरीले चिकित्सक कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको हो । चिकित्सक कर्णले ५० हजार रुपैयाँमा शिशु बेचेको प्रहरीको दावी छ ।

चिकित्सकले निसन्तान दम्पतीलाई बच्चा बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अस्पतालबाटै नवजात शिशु हराएपछि प्रहरीले खोजी कार्य व्यापक बनाएको थियो भने शिशुका आफन्तले विरोध गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij