२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

राजनीतिक स्थायित्वका लागि ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः महासचिव पोखरेल

राजनीतिक स्थायित्वका लागि ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।

कांग्रेस र एमालेबीच सरकार गठनमा सहमति भएपछि मंगलबार बिहान सामाजिक संजालमार्फत महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।’

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच सरकार गठनमा गएराति सहमति भएको छ । सहमति अनुसार सुरुको दुई वर्ष ओली प्रधानमन्त्री र बाँकी अवधिका लागि देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij