२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव छैनः रक्षामन्त्री उप्रेती

नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव छैनः रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षा मन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहुने बताएका हुन् ।

उनले भने, ‘नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेद्भाव सम्बन्धमा प्रश्न उठेको छ । नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदभाव हुँदैन् । र, हुने छैन् र त्यस्तो भएमा मेरो जानकारीमा आउनुपर्यो । किनकी नेपाली सेनाभित्र ने भेदभाव भयो भने द्वन्द्वको कहिल्यै अन्त्य हुँदैन । जहाँ भेद्भाव हुन्छ त्यहाँ विद्रोह र द्वन्द्व हुन्छ । त्यहीबाट द्वन्द्वपीडित निस्कदा अर्को चरणको द्वन्द्व सुरु हुन्छ ।’

मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिए । राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरु दिनेहरु विदेशमा गएर फेटा बाँध्दै पासपोर्ट एउटै भएपनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई सुरक्षा परिषद्को विधेयकले नियाल्ने भएकाले चाँडो पारित गर्न जरुरी रहको उनको भनाइ छ ।

उनले नेपाली सेना कुनै व्यावसायिक गतिविधिमा नलागेको जिकिर गरे । शान्ति सेनाअन्तर्गतको मिसनमा गएबापत प्राप्त पैसालगायत रकमले सैनिक कल्याणकारी कोष सञ्चालन गरिएको उनले बताए ।

उनले उक्त कोषको रकम उत्पादनको क्षेत्रमा लगाउन सके हितकार हुने बताए । उनले आफू विगतमा करिब २२ दिन रक्षामन्त्री हुँदा हेटौँडा कपडा उद्योग चलाएर सुरक्षा संयन्त्रलाई पुग्ने लत्ताकपडा उत्पादन गर्ने भन्दा विरोध गरिएको स्मरण गरे ।

उनले भने, ‘त्यतिबेला नेपाली सेना पाकिस्तानी मोडलमा गएको हो  भन्दै विरोध गरियो । नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँया चलाइयो । के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगलाई चलाउनु पकिस्तानी मोडल हो ?’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij