२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छान्दै रास्वपाका सांसद पराजुली

खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छान्दै रास्वपाका सांसद पराजुली

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छान्ने भएका छन्। उनले
स्वकीय सचिवका लागि सूचना जारी गरेका छन्।

सूचनाअनुसार १ जना कानुन वा राजनीतिशास्त्रमा स्नातक गरेको व्यक्ति चाहिनेछ। समसामयिक विषयमा जानकार, कानुनी अध्ययन अनुसन्धानमा रुचि र अंग्रेजी र नेपाली बोल्न जान्ने भएको व्यक्तिले दरखास्त हाल्न पाउने छन्।

पराजुली काठमाडौँ ७ बाट निर्वाचित सांसद हुन्।

यसअघि रास्वपाकै निशा डाँगीले पनि खुला प्रतिस्पर्धा बाटै स्वकीय सचिव नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij