२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

संसद्को आगामी बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

संसद्को आगामी बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले आइतबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको हो । संसदको आगामी बैठकमा विनियोज विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

त्यसैले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर देश र जनताको पक्षमा आवाज उठाउन निर्देशन दिइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले बजेटका विषयमा त्यहीबेला निर्णय गर्ने बताए। उनले मन्त्रालयगत बजेटमा मन्त्रीहरूले मनपरी बजेट विनियोजन गरेको बताए । कांग्रेसले खर्च कटौतीको प्रस्ताव राखेको र त्यसकै पक्षमा उभिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij