२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राजेश र कल्पनाको ‘घोसे मोरी’

राजेश र कल्पनाको ‘घोसे मोरी’

काठमाडौँ । राजाराम कोइराला र कल्पना परियारको अभिनयमा ‘घोसे मोरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । राजेश ढकाल र कल्पना परियारको स्वर रहेको गीतमा गायक ढकालकै शब्द छ। भने गायक ढकाल र सरोज लामिछानेले गीतमा संगीत भरेका छन् ।

खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा आरके मिलनको संगीत संयोजन छ।मिलन फिल्म्सको प्रस्तुति रहेको गीतको भिडियो मिलन श्रेष्ठको निर्देशन, सन्तोष तिमल्सिनाको छायांकन, रोशन धितालको सम्पादनमा बनेको छ ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीत गायक राजेश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij