२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

नेपाली क्रिकेट टोलीलाई अमेरिकामा गैरआवासीय नेपाली सङ्घको स्वागत

नेपाली क्रिकेट टोलीलाई अमेरिकामा गैरआवासीय नेपाली सङ्घको स्वागत

टेक्सास (अमेरिका) । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ ।

त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो । आजको पहिलो खेलमा क्यानडाले अमेरिकालाई एक सय ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको हो । अमेरिका र क्यानडाबीचको खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij