२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘पुजार सार्की’को ‘जाउँ माया’

‘पुजार सार्की’को ‘जाउँ माया’

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाउँ माया’ सार्वजनिक गरिएको छ।

मङ्गलवार सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ।

गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ। गीतमा बि. पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर रहेको छ।

हाम्रो समाजका पात्रहरूले भोगिरहेका विभिन्न प्रकृतिका समस्याहरूलाई गीतको रूपमा रचना गर्न खप्पिस पाण्डेले मार्मिक शब्द लेखेका छन्। उनका शब्दलाई सुवास भुसालको सङ्गीत र केतन क्षेत्रीको स्वरले मन छुने बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij