२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारले जनाएको छ ।

नेपाललाई केही दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि मुटु रोगबाट पीडित थिए । नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् । उनका ‘नेपालको महाभारत’ , ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’ लगायतका पुस्तक चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij