२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘घरज्वाइँ’ को टिजर सार्वजनिक

‘घरज्वाइँ’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउनेछ । टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ ।

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा जनक घर्ती मगरको निर्माण छ । जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाँकन छ ।

असार २८ गते रिलिज हुने फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन छ । सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij