२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

काठमाडौँ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार शेर्पा आइतबार बिहान ७ः२५ मा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

योसँगै उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनी  सिनियर गाइडका रुपमा यसपटक २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । ५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने बताएका छन् । उनले सन् १९९२ मा सगरमाथा आरोहण अभियान सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij