२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

जनकपुरधाममा दिनदहाडै सहकारीको ८० लाख रुपैयाँ लुटियो

जनकपुरधाममा दिनदहाडै सहकारीको ८० लाख रुपैयाँ लुटियो

जनकपुरधाम । जनकपुरधाममा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ । आइतबार दिउँसो बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाका कर्मचारीलाई हतियार देखाएर रकम लुटपाट भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका– १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेका प्रहरीले जनाएको छ । धनुषाकै सबैला नगरपालिका– १२ मा रहेको श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोको साथबाट रकम लुटपाट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार महतो जनकपुरधामस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किँदै थिए । प्रहरीले लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij