२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

निःशुल्क लोक सेवा तयारी कक्षाका लागि महानगरद्वारा आवेदन माग

निःशुल्क लोक सेवा तयारी कक्षाका लागि महानगरद्वारा आवेदन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेकोले आवेदन माग गरेको हो ।

लोकसेवा तयारी गरिरहेका इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न महानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij