२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

१५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाएरै छोड्ने हो : धनराज गुरुङ

१५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाएरै छोड्ने हो : धनराज गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा डा.शेखर कोइरालालाई सभापतिमा स्थापित गराउने बताएका छन्। बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै कानुनमन्त्रीसमेत रहेका गुरुङले पार्टी रुपान्तरणका लागि १५औं महाधिवेशनमा शेखरलाई सभापति बनाएरै छोड्ने बताएका हुन्।

‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौँ। त्यो रुपान्तरणको अभियान सकिएको छैन। विश्राम लिएका छैनौँ,’ उनले भने, ‘अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ। तर, पनि मैले भन्दै आएको छु १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्न। हामी शेखर कोइरालालाई उम्मेदवारमात्रै होइन सभापतिमै स्थापित गराउँछौँ।’

गुरुङले अहिले नै आफूद्ये सभापति बदल्नुपर्छ भनेर भन्न नचाहेको पनि बताए। ‘मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ। भन्दिन पनि। अब पार्टी रुपान्तरणको लागि १५ औं महाधिवेशनलाई लक्ष्य बनाएका छौँ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij