काठमाडौं। प्रभु बैंकले २०८१ वैशाख २० मा वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बस्ने सूचनामा उल्लेख छ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगरिने बताएको छ। साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ।
यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति प्रस्ताव पनि पारित गर्नेछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij