२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एसइईका परिक्षार्थीले नतिजा पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

एसइईका परिक्षार्थीले नतिजा पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई)का परीक्षार्थीहरुले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन हो।

राष्ट्रिय परीक्षा बोर्डले असार २५ गते सूचना प्रकाशन गरी पुनर्योगका लागि आवेदन दिन साउन ५ गतेसम्मको समय निर्धारण गरेको थियो।

नतिजामा चित्त नबुझेको खण्डमा परीक्षार्थीहरूले पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय गएर निवेदन दिन सक्नेछन्।

परीक्षार्थीले निवेदन दस्तुर प्रति विषय पाँच सय रूपैयाँका दरले हुने रकम राजस्व खाता नम्बर १४२२३ मा जम्मा गर्नुपर्नेछ।

बोर्डले परीक्षार्थीहरूको निवेदन सहितका कागजातहरू फाराम भर्ने म्याद समाप्त भएपछि तुरून्त पठाउन अनुरोध गरेको छ।

एसइईको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो। ग्रेडवृद्धिका लागि साउन २६ गते परीक्षा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij