२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

काठमाडौँ- भारतको उत्तराखण्डमा विद्युत् ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु भएको छ। ट्रान्सफर्मर पड्केर करेन्ट लागेपछि १५ जनाको मृत्यु भएको र ६ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बुधबार बिहान भएको घटनामा एक प्रहरी अघिकारी, तीन जना होमगार्डसहित १५ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ। उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij