काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सत्तागठबन्धनले भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गरेको हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij