२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सुनसरी र मोरङका यी स्थानमा ठूलो वर्षा, बाढी र डुबानबाट बच्न भन्दै ‘अलर्ट’ जारी

सुनसरी र मोरङका यी स्थानमा ठूलो वर्षा, बाढी र डुबानबाट बच्न भन्दै ‘अलर्ट’ जारी

काठमाडौँ- सुनसरीको इटहरि र मोरङका लेटाङ र हरैँचा आसपासका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।

विभागले आज (शुक्रबार) बिहानै सूचना जारी गरी उल्लिखित स्थानमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको जानकारी दिएको हो।

आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij