२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

शेयर बजारमा सामान्य अंकको बृद्धि

शेयर बजारमा सामान्य अंकको बृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा कायम भएको हो ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर २ अर्ब ८८ करोड ५७ लाख ३७ हजार ८१८ रुपैयाँ खरिदबिक्री भए। नेप्से सामान्य अंकले बढेपनि पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

गुराँस फाइनान्स,सप्तकोशी डेभलपमेन्ट,पिपुल्स पावर,धवलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा गुराँस फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोड १४ लाम मूल्य बराबरको सेयर खरिदबिक्री भयो। शिवम सिमेन्टको २० करोडको सेयर कारोबार हुँदा सोनापुरले १३ करोड,अपर तामाकोशीले ११ करोड र घोराही सिमेन्टले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij