काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा देशवासी एवम् विदेशमा रहेका नेपाली र नेपालीभाषी सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।
भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणले विभिन्न भाषाभाषीका नेपालीहरूलाई एकताको शूत्रमा बाँधेको उनले जनाएका छन्।
नेपाली र नेपाल राष्ट्रलाई एकताबद्ध बनाउन नेपाली भाषा, साहित्यका माध्यमबाट भानुभक्तले उल्लेख्य योगदान गरेको भन्दै राष्ट्रपति पौडेलले उनको प्रशंसा गरेका छन्।
तत्कालीन राजा पृथ्वीनारायण शाहले विभिन्न राज्यहरूलाई गरेको एकीकरणलाई रामायणले राष्ट्रका स्तरमा एकताबद्ध गरेकाले सो ग्रन्थ नेपाली साहित्यमा महत्त्वपूर्ण रहेको पौडेलले जनाएका छन्।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij