काठमाडौं- आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।
सहमहामन्त्री किशोरसिंह राठौरका अनुसार प्रधानमन्त्री पत्नीको निधन भएपछि बिहान बस्ने भनिएको पदाधिकारी बैठक पनि बसेन। केन्द्रीय समिति बैठक पनि स्थगित हुने भएको छ।
अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ
© 2026 All right reserved to samajpress.com | Site By : Sobij