२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

यी नदीमा आज बाढीको सम्भावना

यी नदीमा आज बाढीको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा बाढीको सम्भावना रहेको छ । भारी वर्षाका कारण आज नदी तथा खोलामा जलसतह उच्च हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, कैलाली, कञ्चनपुर र आसपास भई बहने स–साना नदीहरूमा बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आकस्मिक रूपमा बाढी आउनसक्ने भन्दै महाशाखाले नदी तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्नेमा जोड दिएको छ ।

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, नदी तटीय क्षेत्रमा बस्नेले सतर्क रहनुपर्ने

दोलखा, रामेछाप सिन्धुपाल्चोक बारा, पर्सा, रौतहट, गोरखा, कास्की, लमजुङ, तनहुँ, सिराहा, धनुषा, रौतहट, बारा, पर्चा, दार्चुला र आसपास भएर बहने स–सना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ ।

आज देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij