२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको जानकारी दिए । उम्मेदवारका विषयमा भने भोलिबाट छलफल सुरु गर्ने उनले जानकारी दिए । फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ ।

यसअघि कृष्णप्रसाद सिटौलालाई उठाउने भनेपनि सत्ता समीकरणमा आएको फेरबदलका कारण कांग्रेसलाई बहुमत जुटाउन समया छ । नयाँ सत्ता समीकरणमा माओवादीलाई अध्यक्ष दिने सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij