२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

बागमती प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

बागमती प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसगै बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको हो ।

बुधबार कांग्रेसकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij