२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

माधव नेपाललाई भेट्न देउवा नेपाल निवास कोटेश्वरमा

माधव नेपाललाई भेट्न देउवा नेपाल निवास कोटेश्वरमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपाललाई भेट्न कांग्रेस सभापति देउवा नेपाल निवास पुगेका हुन् ।

अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए । त्यस्तै सोमबार साँझ पनि प्रधानमन्त्रीले भेटेर सत्ता समीकरणमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले यसबारे पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij