२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर उनी नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले पार्टीमा छलफल गरेपछि मात्रै यसबारे निर्णय दिने बताएका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई नयाँ सत्ता समीकरणबारे आफूलाई जानकारी नदिएको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा प्रधानमन्त्रीले आफूबाट त्रुटी भएको भन्दै सल्लाह गरेर अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij