चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहे पनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताए ।
शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्रीले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको औंल्याए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij