२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

ललिता निवास प्रकरण : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

ललिता निवास प्रकरण : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो।

सचिव राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले बताए।

यसअघि सीआईबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको थियो। घिमिरेलाई भक्तपुर र अर्याललाई कलंकीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सचिव राउत पक्राउ परेसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।

यो प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, घमनकुमार कार्की, बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन गरी ९ जना पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij