२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

त्रिविको उपकुलपति छनोट प्रक्रिया पुनरावलोकन गर्न सांसद श्रेष्ठको माग

त्रिविको उपकुलपति छनोट प्रक्रिया पुनरावलोकन गर्न सांसद श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्डमा भएका अस्पष्टता र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् ।

सांसद श्रेष्ठले मंगलबार मापदण्डमा भएका विरोधाभाषपूर्ण कुराहरु व्याख्या गर्दै छनौट प्रक्रिया पुनरावलोकन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएकी हुन् । उनले मापदण्डमा एकातिर बौद्धिक चोरी जाँच गर्ने विषयदेखि अन्तराष्ट्रिय जर्नल प्रकाशनका बारेमा नसमेटिएको, अर्कातिर १५ दिनेको म्यादमा विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको माग गर्नु जायज नभएको उनले बताएकी छन् ।

उनले विगतमा पार्टीमा आबद्ध व्यक्तिसमेत दरखास्त दिन अघि सर्नुले कार्यविधिको उल्लंघन देखिने भए पनि पार्टीमा नरहेको भनी गर्नुपर्ने स्वघोषणा आदिमा रहेको अस्पष्टताबारे पनि औंल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij